गोलकिपर एलिसनको गोलमा लिभरपुलको जित

प्रकाशित मिति:

काठमाडौँ । ब्राजिलियन गोलरक्षक एलिसन बेकरको गोलमा इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ  । गएराति भएको खेलमा लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रुमलाई २-१ले पराजित गरेको हो ।

खेलको १५ औं मिनेटमा रोबिन्सन कानुले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोलकिपर एलिसनले गोल गर्दै लिभरपुललाई २-१को जित दिलाए ।

जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ । लिगको पाँचौ स्थानमा रहेको लिभरपुलले ३६ खेलमा ६३ अंक जोडेको छ । पराजित वेस्ट ब्रुम २६ अंकसहित १९औं स्थानमा छ ।