आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको ११ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मंसिर कृष्णपक्षको पञ्चमी तिथि राति २.४० बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र दिवा १.४७ बजेसम्म रहनेछ । आज शुक्ल योग कौलव करण रहेको छ । आज सूर्योदय ६.३५ मा भयो भने सूर्यास्त बेलुका ५.७ बजे हुनेछ ।

आज चन्द्रमा विहान ८.११ बजेसम्म मिथुन राशि र सो पश्चात् कर्कट राशिमा रहनेछन् । आज मंगलबार पञ्चमी तिथि रहेको छ । आज राता वस्तुको प्रयोगसँगै गणेशजीको उपासना शुभ रहनेछ ।