अहो ! हाम्रो देशको राजनीति र हाम्रा नेताज्युहरु

प्रकाशित मिति:

मुलुक कोरोनाको कहरले अक्रान्त बनिरहेको छ । जनताहरु सबै डर र त्रासले भयबित बनिरहेका छन । औषधि उपचार नपाएर छट्पटाइ रहेका छन । अक्सिजन, भेन्टिलेटर, आइसियु नपाएर जनताहरु मृत्युवारण गरिरहेका छन । यस्तो विषम परिस्थितिमा पनि हाम्रो देशको राजनैतिक अस्थिरता देख्दा कता कता बिरक्त लागेर आउँछ । किन यस्तो हुदैँछ हाम्रो नेपालमा रु किन कहिल्यै राजनितीक स्थिरता हुँदैन ? किन जहिले पनि कुर्सीकै लडाईमा ब्यस्त हाम्रो सरकार ? चुनावी एजेन्डा त कति राम्रा राम्रा हुन्छन हाम्रा राजनैतिक दलहरुका तर जनताहरुको मनमनमा किन बस्न सक्दैन सरकार ? कि हामी जनताहरु नबुझ्ने भएर हो ? कि हाम्रा नेताज्युहरु धेरै बुझ्ने भएर हो ?

हामी जनताहरु सधै निरास र चिन्तित हुँदै बस्नुपर्ने ? यस्तो विषम परिस्थितिमा पनि सरकारले जनताको अभिभावक भएर काम गर्न नसक्नु भनेको सरकार जनताप्रति उत्तरदायी नहुनु हो । जनताहरु यो महामारीको लडाइमा अभिभावक खोजिरहेका छन तर अभिभावकहरु भने तछाड मछाड गर्दै सत्ता र कुर्सी खोजिरहेका छन । यो समय त सत्ता र कुर्सी टिकाउने भन्दापनी विरामी जनताहरुलाई मलम पट्टि लगाउने समय हो । यस्तो महामारीमा त सबै राजनैतिक दलहरु मिलेर के-कसरी यो महामारी संग जुध्ने र कसरी यो महामारीको लडाईमा बिजय प्राप्ती गर्ने भन्ने तर्फ उन्मुख हुनुपर्ने हो । तर हाम्रा राजनैतिक दलहरु सत्ता प्राप्ती र सत्ता टिकाउने खेलमा ब्यस्त हुँदा जनताहरु आकुल ब्याकुल भैरहेका छन ।

नेताज्युहरु ! कहिले हामी यहाँ छौ, कहिले हामी त्यहाँ छौ, कहिले नाटकै हो, कहिले नौटंकी नै हो, कहिले अपमान हो, कहिले केपी बा …..भन्दै जनताहरु उचाल्दै सडक तताउँदै गर्दापनी आज देशले यो अवस्था भोग्नु परेको छ । यो कुराहरुमा सम्पुर्ण नेताज्युहरुको ध्यानाकर्षण होस । त्यो बेला थियो हजुरहरु एकजुट भएर यो कोरोनाको महामारीलाई कसरी नियन्त्रण गर्ने रु कसरी जनताहरुलाई सचेत बनाउने रु जनताहरुलाई कसरी राज्यप्रती उत्तरदायी बनाउने तर त्यो बेला हजुरहरु आफ्नै लडाईमा ब्यस्त हुदा आज देश र जनताले यति नराम्रो क्षति ब्यहोर्नु परेको छ । तैपनी हजुरहरु हाँसीखुशीका साथ शुभकामनाहरु आदानप्रदान गरिरहनुभएको छ । जसलाई पर्यो पर्यो झ धनिमानी र पहुँचवालालाई परे त जसोतसो मेसोमासी मिलाउलान् तर गरिव निमुखा जनतालाई पर्यो भने आकाश तर्फ हेर्ने ‘राम राम’ भन्ने शिवाय अरु केही आशा र भरोसा देखिएन यो सरकार बाट । कहिले सम्म हो हजुरहरुको यो सत्ताको लडाई रु अब त यो महामारी संग पनि लडाई लड्नुपर्यो सरकार । देशको अर्थतन्त्र पनि खस्किदै छ होला यो विषम परिस्थितिमा त्यसलाई पनि उकास्ने होला सबै मिलेर । सबै राजनैतिक दलहरु एकजुट भएर यो महामारीको लडाइमा सहभागी हुने हो भने अझै पनि नेपाली जनताहरुले राजनैतिक दलहरु माथीको विस्वास पनि गुमाउनु पर्ने थिएन होला !

त्यसैले सरकार जनताप्रति उत्तरदायी हुँदै जनताहरुको अभिभावक बन्न र सबै राजनैतिक दलहरुलाई एकजुट गराएर यो कोरोना महामारीको लडाईमा लड्न अभिप्रेरित गर्नुपर्यो । जनताहरु उपचार नपाएर आकुलव्याकुल छन । अस्पतालहरुमा बिरामीहरुको लागि बेडहरु छैनन्, बिरामीको उचित औषधि उपचार हुन सकेको छैन, अक्सिजन नपाएर अस्पतालको बाहिरी कम्पाउण्डमै ज्यान गुमाउनु परेको छ । चिकित्सकहरुले सरकार सरकार हामी संग बेड छैन, आइसियु छैन, लौन भन्दै चीत्कार गरिरहेका छन । विभिन्न ठाउँठाउँमा हारगुहार गरिरहेका छन । विभिन्न सहयोगी संघसंस्थाहरु , समाजसेवी , बुद्धिजिविहरुले सहयोगी हातहरु फैलाइरहेका छन तर हाम्रा सरकार मिठो निद्रामा छ । सरकार अव त उठ्नुहोस ।

अन्त्यमा यो महामारीको संग्राममा लडिरहनु भएका जनताहरुलाई इस्वर भगवानले धैर्यधारणा गर्ने शक्ती प्रदान गरून् । स्वास्थ्य मापदण्डलाई सबैले पालना गरौं, आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ । (लेखक राम भण्डारी सबल पोष्टका कार्यकारी सम्पादक समेत हुन् ।)