नेविसंघको महाधिवेशन पुस २८ गते

प्रकाशित मिति:

काठमाडौं ११ मंसिर – नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय महाधिवेशन पुस अन्तिम साता हुने भएको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने नेविसंघले जनाएको छ ।

महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघले आज आज पत्रकार सम्मेलन गर्दैछ । नेविसंघको ११ औं महाधिवेशन गत भदौमै हुनुपर्ने थियो । तर, आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण उक्त मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो ।

तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिदिएको थियो । दुई महिने म्याद माघ २ गते सकिँदै छ ।