चिकित्सक सहितको टोली लिएर गृहजिल्ला गोरखातर्फ लागे नारायणकाजी

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयंसेवकसहित गृह जिल्ला गोरखातर्फ लागेका छन् । गोरखाको बिभिन्न ठाँउहरुमा कोभिड संक्रमण अझ बिस्तार भैरहेको र कोभिड हट स्पट बन्दै गैरहेको बताउँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफू केही दिनको लागि गोरखातर्फ लागेको जानकारी दिएका हुन् ।

सो टोलीले केही लक्षण देखापरी शंकास्पद रहेका र कोभिड बिरामी सँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण, आवश्यक परामर्श एव्ं तत्काल संभव औषधी, स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानीय सराकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफल गर्ने श्रेष्ठले बताए ।

उनले लेखेका छन्, “आज केही दिनका लागि गोरखा हिँडे। केहीदिन अघि गोरखा गएर डिसिसिएमसिको बैठक,पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल र गोरखा अस्पताल को स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम ,नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर आएको थिएँ ।त्यसपछि ।स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री उपलभ्ध गराउन सहयोग पुर्याएको थिएँ।तर गोरखाको बिभिन्न ठाँउहरुमा कोभिड संक्रमण अझ बिस्तार भैरहेको र कोभिड हट स्पट बन्दै गैरहेको स्थिति छ ।

अतः आज केही दिनकालागि गोरखा लागें ।चिकित्सक ,ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवक साथीहरुको टोली जादैछौँ।हाम्रो टोलीले निम्न कार्यहरु गर्नेछ: केही लक्षण देखापरी शँकास्पद रहेका र कोभिड बिरामी सँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट , बिरामीहरुको परीक्षण ,आवश्यक परामर्श एव्ं तत्काल संभव औषधी ,स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानाीय सराकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रीत छलफल ।”