नेपालमा थपिए ९ हजार २४७ जना कोराना संक्रमित, एकैदिन २१४ को मृत्यु

प्रकाशित मिति:

बुटवल । नेपालमा थप ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर  पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ ।