नेपाल पत्रकार महासंघ दाङ शाखा द्वारा शोक विज्ञप्ति जारी

प्रकाशित मिति:

दाङ- नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ,लुम्बिनी प्रदेश समिति स्तब्ध भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको आज सोमबार दिउँसो निधन भएको हो ।

एक दिन अघि मात्रै पनि उहांका पिताको सोहि अस्पतालमा कोरोना संक्रमणकै कारण निधन भएको थियो । स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् । दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो । उहाँको निधनले लुम्बिनी प्रदेशले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महसुस भएको छ । महासंघ प्रदेश समिति स्वर्गीय पत्रकार बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ ।

“कोरोनाकै कारण हाम्रो प्रदेशमा ३ जना पत्रकारको निधन भएको छ भने एक सय भन्दा वढि पत्रकार संक्रमित भएका छन् ।