आईसीयू र भेन्टिलेटरमा १६ सय ५९ संक्रमित

प्रकाशित मिति:

काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबार १ हजार २५९ आईसियु र ४०० जना भेन्टिलेटरमा छन्।

सबैभन्दा धेरै बागमती प्रदेशमा ५२९ जना आईसियुमा र २२३ जना भेन्टिलेटरमा छन्। त्यसैगरी प्रदेश १ मा १७४ जना आईसियुमा र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा २०७ जना आईसियुमा र ५७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११६ जना आईसियुमा र ३३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ११३ जना आईसियुमा र १८ जना भेन्टिलेटरमा, कर्णालीमा ८१ जना आईसियुमा र ८ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ३९ जना आइसियूयमा र ९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।