कपिलवस्तु अस्पताललाई लिडोले दियो ५ लाख

प्रकाशित मिति:

कपिलवस्तु । लुम्बिनी एकीकृत विकास संस्था ९लिडो नेपाल ० संस्था द्वारा कपिलवस्तु अस्पताललाई ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य अतहर कमालले कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।किशोर बन्जाडे र व्यवस्थापक रत्नाकर शुक्लालाई ५ लाखको चेक हस्तान्तरण गरिएको हो । कतार च्यारिटी र लिडो सहयोगमा उक्त रकम सहयोग गरिएको हो ।

कोभिड बिरामीको उपचार खर्च तथा अक्सिजन व्यवस्थापनको सहजताको लागि रकम दिइएको अध्यक्ष कमालले बताए । सरकार बाट अस्पताल व्यवस्थापन तथा उपचारमा उदासीनता देखिन लागेपछि सामाजिक संस्था र व्यक्तिगत रूपमा नै अस्पताललाई सहयोग गरी बिरामीको ज्यान जोगाउने क्रम चलेको समेत अध्यक्ष कमालले बताए ।

विभिन्न स्थानीय तह, सामाजिक संस्था तथा सरोकारवालाको सहयोगमा कोभिडका बिरामीको उपचारमा सहजता तथा स्रोत व्यवस्थापन गर्न केही हदसम्म सहजता भएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डन डा। किशोर बन्जाडेले बताए ।चेक हस्तान्तरण समारोहमा संस्थाकी कार्यक्रम संयोजक सुनिता बेल्वासे लगायतको सहभागिता रहेको थियो ।