लुम्बिनी प्रदेशका जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति:

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा)का ४ सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाबाट निर्वाचित ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगरी पुनर्वहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारवाहीका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेका थिए ।