स्वास्थ्य मन्त्रालयले भन्यो- अझै केही साता चुनौतीपूर्ण

प्रकाशित मिति:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही साता चुनौतीपूर्ण हुने बताएको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जनाएको हो ।

सबैजना संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । निषेधाज्ञाको पूर्ण पालना नभएको मन्त्रालयको दाबी छ । मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी भएको मन्त्रालयले जनाएको छ ।

खुलेआम भइरहेका विवाह, भोजभतेर, पूजाजस्ता कार्यक्रमले संक्रमण बढिरहेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

कोरोना महामारी एउटा स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न नसक्ने भन्दै सबैको सहयोग अपरिहार्य रहेको जनाएको छ ।

थप समाचार