सञ्चार तथा सूचना क्षेत्रमा देश सानो ठूलो हुँदैन्: मन्त्री गुरूङ

प्रकाशित मिति:

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सञ्चार तथा सूचना क्षेत्रमा देश सानो ठूलो नहुने बताएका छन् ।सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरूङले यस्तो बताएका हुन् ।

नेपालले विकसित देशको सूचना प्रविधिसँगै यात्रा गर्ने प्रयत्न गरिरहेको गुरूङले बताए । ‘हाम्रो यात्रा अत्यन्तै सु(व्यवस्थित बनाउन, यसलाई अझ संगठित बनाउन र यसको सेवालाई गुणस्तर बनाउनका लागि हरबखत हामी चिन्तित छौं,’ उनले भने ।

कार्यक्रममा मन्त्री गुरूङले अगाडि भने, ‘विश्व दुरसञ्चार क्षेत्रको प्रगति, यससँगको विकास, यसका पूर्वाधार, यसका नयाँ प्रविधिहरूसँग नेपालले पनि आफुलाई त्यसको पूर्वाधार निर्माण गर्ने, त्यसको नीति निर्माण तयार गर्ने, त्यसको कार्यविधि तयार गर्ने र त्यसको व्यवस्थापन गर्ने काम हामी सँगै गर्नुपर्छ ।’दूरसञ्चार सेवा आजको आवश्यकता भएको र यसलाई अझै सुदृढ र व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।