रुपन्देहीमा हालसम्म १६ हजार बढीले जिते कोरोना

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा १६ हजार बढीले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कमा हालसम्म १६ हजार २ सय ६५ जनाले कोरोना जितेको उल्लेख छ । पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्याँकअनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय २८ जना रहेको छ भने लक्षण देखिएका संक्रमितको संख्या ३६२ रहेको छ । शनिवार कोरोना जित्नेको संख्या ६६ प्रतिशत रहेकोमा आइतबार ८८ प्रतिशत र सोमवार झरेर ७० प्रतिशत पुगेको तथ्याँकमा उल्लेख छ । सक्रिय संक्रमित दुई दिनयता घटेर २८ प्रतिशतमा झरेको छ । मृत्यु २ प्रतिशतबाट १ प्रतिशतमा झरेको जनाइएको छ भने ६ हजार २७३ बिरामी होम आइसोलेसनमा रहेका छन् । जिल्लामा कुल मृतकको संख्या ३६२ पुगेको छ ।