बजेट अधिवेशन छिट्टै बोलाउँछौँ : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संघीय संसद्को बजेट (बर्खे) अधिवेशन छिट्टै बोलाउने जानकारी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन सिफारिससम्बन्धी निर्णय नगरे पनि छिट्टै आह्वान हुने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार अधिवेशन छिट्टै आह्वान हुने संकेत गरेका थिए । उनले प्रतिनिधिसभा जीवितै रहेको भन्दै अध्यादेशमार्फत बजेट नआउने प्रष्ट पारेका थिए ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमा छलफल गरिएको उनले जानकारी दिए ।