‘राधे’ पाइरेसी : साइबर सेलमा जी इन्टरटेन्मेन्ट

प्रकाशित मिति:

मुम्बई- अभिनेता सलमान खानको चलचित्र ‘राधे स् योर मोस्टवान्टेड भाइ’ रिलिज भएको एक दिनमै पाइरेसीको चपेटामा पर्‍यो । कोभिड–१९ महामारीका कारण यही मे १३ देखि भारतमा जीप्लेक्स र अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्डलगायत देशमा हलमा रिलिज भएको हो ।

सलमानले शनिबार मात्रै सामाजिक सञ्जालमार्फत चलचित्र पाइरेसी गर्नेलाई चेतावनी दिएका थिए । डिजिटल प्लेटफर्ममा रिलिज गरेको जी५ले आधिकारिक रुपमा यसमा ‘एक्सन’ लिएको छ । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजले साइबर सेलमा चलचित्र चोरीको ‘केस’ लगाएको छ ।

ह्वाट्सएप र टेलिग्राममामार्फत चलचित्र चोरी गर्नेको नम्बर खोज्ने काम अहिले भइरहेको छ । यसका साथै जीले दर्शकलाई चोरीको चलचित्र नहेरी आधिकारिक साइटबाट आएको मात्रै चलचित्र हेरेर मनोरञ्जन उद्योगलाई सहयोग गरिदिन आग्रह पनि गरेको छ ।

प्रभुदेवा निर्देशित राधेमा सलमान खान, दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ मुख्य भुमिकामा छन् । बलिउड हंगामाबाट ।