ओली प्रधानमन्त्री भएपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले के-के निर्णय गर्‍याे ?

प्रकाशित मिति:

काठमाडौं । केपी ओली प्रधानमन्त्री भएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।२७ वैशाखमा नियुक्त भए पछि ओली सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक बालुवाटारमा बसेको हो ।

तर, बैठकले कुनै महत्वपूर्ण निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए ।बैठकले केही कर्मचारीको सरुवा र बढुवाको निर्णय गरेको छ ।

कोरोना महामारी निरन्तर बढिरहँदा रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने दबाब सरकारलाई छ ।साथै नीति कार्यक्रम र बजेटको तयारीका विषयमा समेत छलफल भएको बुझिएको छ ।