नेसनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री

प्रकाशित मिति:

काठमाडौँ — नेसनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समिति बैठकले खत्रीलाई सीईओमा नियुक्त गर्न सिफारिस गरी बिमा समितिसँग सैद्धान्तिक सहमति पठाएको थियो ।

बिमा समितिले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रूपमा खत्रीलाई स्वीकृत दिएको हो । गत पुस ५ बाट सीईओ भरतबहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

भारतको बैंगलोरबाट एमबीए गरेका खत्रीसँग बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव छ ।