कपिलबस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाह द्वारा एक लाख सहयोग

प्रकाशित मिति:

कपिलवस्तु । कपिलवस्तु जिल्लामा रहेको कपिलबस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाहले एक लाख सहयोग दिने भएका छन् । कोरोना महामारीले अस्पतालहरुमा अक्सिजनको अभाव बढ्दै गएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आफ्नो व्यक्तिगत तर्फबाट सांसद शाहले एक लाख रुपैँया सहयोग गर्ने सामाजिक सञ्जालमार्फत प्रतिबद्धता व्यक्त गरेका छन् ।

सांसद शाहले सामाजिक सञ्जालबाट सहयोगको घोषणा गर्दै लेखेका छन्, कपिलवस्तु जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्नका निम्ति मेरो व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँको सहयोग घोषणा गर्दछु । जय नेपाल ।

सांसद शाह कपिलबस्तु क्षेत्र नं। ३ का नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन ।