बाइडेनले राहत स्वरुप अमेरिकन बच्चाहरूलाई हरेक महिना २५० -३०० डलर दिने घोषणा

प्रकाशित मिति:

राष्ट्रपति जो बाइडेनले राहत स्वरुप अमेरिकन बच्चाहरूलाई हरेक महिना २५० देखि ३०० डलर दिने घोषणा गरेका छन् । उक्त रकम न्यून आय अर्थात् उक्त कार्यक्रममा योग्यता भएका अमेरिकी परिवारहरूका बच्चाहरूलाई राहत स्वरूप त्यति रकम दिने भएका छन् । बाइडेनले मे १७ सोमवारका दिन उक्त घोषणा गरेका हुन् । बच्चाहरूलाई प्रदान गरिने रकम आगामी जुलाईको मध्य देखि दिइने भएको छ । ३९ मिलियन अर्थात् ३ करोड ९० लाख भन्दा ज्यादा अमेरिकी परिवारहरूले प्रत्येक महिना उक्त रकम पाउने छन्।

स्मरण रहोस राष्ट्रपति बाईडेनले पृथक रुपमा नया बिधेयक ल्याएका हैनन । ट्रेजरी विभाग९अर्थ बिभाग०ले सोमबार उक्त रकम १:९ खर्ब डलरको महामारी राहत सहयोगबाट बच्चाहरुलाई मासिक भुक्तानी प्राप्त गर्ने जनाएको छ । उक्त दिइने भुक्तानी अमेरिकी राष्ट्रपति जो बाइडेनको १।९ खर्ब डलरको कोरोनाभाइरस राहत सहयोगको हिस्सा हो। जसले एक वर्षको लागि बाल कर विस्तार गरेको छ भने र मासिक आधारमा सुविधाहरूको पूर्व भुक्तानी गर्न सम्भव बनाएको छ ।

करीव ८८ प्रतिशत बच्चाहरूले उनीहरूका अभिभावकहरूलाई कुनै थप कार्य बिना नै फाइदाहरू प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको छ ।यस राहत सहयोगमा योग्य भएका परिवारहरूलाई ६ बर्ष मुनिका बच्चाहरूका लागि ३ सय डलर र ६ बर्ष देखि १७ बर्ष सम्मका बच्चा देखि किशोर सम्मलाई २ सय ५० डलर दिइने छ । वार्षिक रुपमा ६ बर्ष मुनिका लागि ३ हजार ६ सय र ६ वर्ष देखि १७ वर्ष सम्मका लागि ३ हजार डलर हुनेछ ।