आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ६ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।