अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सकीने

प्रकाशित मिति:

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन । शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको छ ।

मेराे लगानीले शुरू गरेकाे एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका -आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर- हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा -नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम- तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी समेत पाउने छन् । कसरी लिने सेवा ? हाल मेरोलगानी एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवाहरु एनसेल र नेपाल टेलिकम दुवैबाट लिन सकिने छ । यसअघि एनसेलबाट मात्रै यस्तो सेवा लिन सकिने भएपनि अब नेपाल टेलिकमबाट पनि एसएमएस सेवा सुरु गरिएको छ ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले *३१०५१*२# डायल गरी एसएमएस सेवा लिन सक्नु हुने छ । एसएमएस सेवामा आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर लगायतकाे बारेकाे जानकारी तुरून्त प्राप्त गर्न सक्नु हुने छ । साथै कम्पनीका साधारण सभा, राइट शेयर, बाेनस सेयर र लाभांशकाे बारेमा पनि तुरून्तै सूचना पाउनु हुने छ । पाेडकास्टमा शेयर बजारका सूचना,समाचारमात्र हाेइन बजार सकिएपछि त्यही दिनकाे बजारबारे गरिएकाे छलफल पनि सुन्न सक्नु हुने छ । जसका लागि यहाँले एसएमएस अर्लट्सकाे हप्ताको २० रुपैयाँ र पाेडकाष्ट सुन्न पनि हप्ताकाे २० रुपैयाँ नै तिनुपर्ने हुन्छ ।