जसपा तत्काल सरकारमा नजाने, आफैं नेतृत्व गर्न पाए नछाड्ने

प्रकाशित मिति:

काठमाडौं । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै तत्काल पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै उनीहरुले पार्टी प्रतिपक्षमै रहने उल्लेख गरेका छन्। तर, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सक्ने पनि उनीहरूले प्रष्ट पारेका छन्।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्, तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’ वक्तव्यमा भनिएको छ ।