राष्ट्रियसभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट खड्का र पाण्डेको उम्मेदवारी

प्रकाशित मिति:

बुटवल ।  राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने  निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।  उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध थिए ।

दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले बताए ।