नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८२०३ संक्रमित, ६८९१ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कुल कोरोना मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

यस्तै, १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।