रुपन्देहीमा थपिए ३६१ संक्रमित, एकैदिन ७७८ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको ८८८ परीक्षणमा ३६१ जनामा पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा १४१ जना, तिलोत्तमा नगरपालिकामा १०३ जना, सिद्धार्थनगर नगरपालिकामा ३६ जना, देवदह नगरपालिकामा ३३ जना, सैनामैना नगरपालिकामा २२ जना, सियारी गाउँपालिकामा ५ जना, गैडहवा गाउँपालिकामा २ जना, ओमसतिया गाउँपालिकामा ९ जना, कञ्चन गाउँपालिकामा २ जना, शुद्धोधन गाउँपलिकामा ५ जना र मायादेवी, रोहिणी र कोटहिमाई गाउँपालिकामा १।१ जना रहेका छन् । हाल जिल्लामा ६ हजार २४३ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा एकैदिन ७७८ जनाले कोरोना जितेका छन् । यो सँगै कोरोना जित्नेको संख्या १७०४३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३६७ पुगेको छ ।