लुम्बिनीका प्रदेश प्रमुखद्धारा प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार !

प्रकाशित मिति:

बुटवल : लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन् । प्रमुख यादवले आज प्रदेश सभाको अधिवेशन सम्बन्धमा धारणा सार्वजनिक गर्दै अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन् ।

प्रमुखको पत्रमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेश सभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्याम्श बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु,’ भन्‍ने वाक्याम्श उल्लेख छ ।

प्रदेशका प्रतिपक्षी दलहरूले मुख्यमन्त्रीविरुद्ध अविश्‍वासको प्रस्ताव पेस गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेको थिए ।