सैनामैना नगर प्रमुख दम्पत्तीद्वारा स्वास्थ सामाग्री खरिदका लागि आर्थिक सहयोग

प्रकाशित मिति:

४ जेठ,सैनामैना/जेल संघर्ष सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीको पारिवाररले सैनामैना नगरपालिकामा संचालन भएको कोभिड अस्पताललाई स्वास्थ सामाग्री खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन। नगर प्रमुख कार्कीका धर्मपत्नी रिना के सीले आर्थिक सहयोग स्वरुप सैनामैना नगरपालिकालाई १ लाख १ हजार १ सय रुपैया उपलब्ध गराउनु भएको हो ।

कोभिड संक्रमित भई नगरपालिकाले संचालन गरेको कोभिड अस्पतालमा उपचारत सैनामैना नगरका नगरवासीहरुलाई उपचारमा सहजता होस र उपचारको क्रममा आवस्यक स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन स्वास्थ्य सामाग्री खरिद गर्नका लागि आर्थिक सहयोग गरिएको रिना के।सी।ले बताउनु भएको थियो । श्रीमती सैनामैनाका उप प्रमुख विना राना र सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई सहयोग रकम हस्तान्तरण गर्दै श्रीमती रिना के।सी।ले नगरवासीको स्वास्थ्य भन्दा ठूलो अन्य बिषय नभएको कोभिड संक्रमित नगरवासीहरुको स्वास्थ्य सुरक्षालाई बिशेष ध्यान पुर्याउन पनि उपलब्ध सहयोगहरुको उचित उपयोग हुनेमा बिश्वास व्यबक्त गर्नु भएको छ ।सो आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्रमुख चित्र बहादुर कार्कीको समेत सहभागिता रहेको थियो ।

 

यस अघि सैनामैनामा १ मा रहेको नवयुग युवा क्लबले १५ हजार रुपैया,लायन्स क्लव अफ सैनामैनाद्वारा २५ हजार ५ सय रुपैया,सैनामैना खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा १लाख ३१ हजार रुपैया, सैनामैना होटल तथा रेष्टुरेण्ट व्यबसायी संघबाट ५१ हजार रुपैया,गुलाव बहुउद्धेश्य सहकारी संस्थाद्वारा १ लाख ३० हजार रुपैया सैनामैनाको कोभिड अस्पताललाई स्वास्थ सामाग्री खरिदका लागि सहयोग स्वरुप उपलब्ध गराएका छन ।त्यस्तै सैनामैनाको कोभिड अस्पताललाई स्वास्थ सामाग्री खरिदका लागि सहयोग स्वरुप इनरह्वील क्लव अफ सैनौमैनाद्वारा २५ हजार रुपैया,गुणात्मक बचत तथा ऋण सहकारी संस्थाद्वारा ५१ हजार रुपैया, अभियान कृषि सहकारी संस्थाद्वारा १ लाख ३० हजार रुपैया, सुगन्ध महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा ६५ हजार रुपैया उप प्रमुख बिना राना,स्वास्थ्य शाखा प्रमुख टेकराज पन्थी लगायतको उपस्थितीमा नगर प्रमुख चित्र बहादुर कार्कीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिएका भने सैनामैना व्यापार संघले १ थान आई सि यु बेड तथा अक्सिजन एच डि र रोटरी क्लव अफ सैनामैनाले २० थान अक्सिमिटर सहयोग स्वरुप सैनामैनाको कोभिड अस्पताललाई प्रदान गरेका छन।

यसैगरी व्यक्तिगत रुपमा सैनामैना नगरपालिका वडा नं। ८ का शिवराम ढकालले नयाँ भेरियन्ट सहित महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणबाट सैनामैना नगरलाई जोगाउन र कोरोना भाइरसका बिरुद्धको लडाईमा जुद्ध्न नगर प्रमुख कार्कीलाई ५१ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको थियो ।