वैकल्पिक अस्पतालकाे व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको आदेश

प्रकाशित मिति:

काठमाडौं- जताजतै बेड अभाव भइरहेका बेला सर्वोच्च अदालले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेड अभाव भए सरकारलाई अस्थायी अस्पतालसहित वैकल्पिक बेडको व्यवस्था गर्न आदेश जारी गरेको छ ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले खाली ठाँउ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न आदेश दिएको हो ।आदेशमा अदालतले त्यस्ता उपचार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी प्रभावकारी उपचार गर्न भनेको छ ।

स्वास्थ्य विज्ञहरुको सल्लाह सुझाव अनुसार छुट्टै संयन्त्र बनाइ कोरोना नियन्त्रण, रोकथामका लागि व्यवसथा गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।त्यसरीगरी खोपको आपूर्ति गरी खोप अभियान सञ्चालन गर्न पनि आदेश दिएको छ । क्वारेन्टाइन, होम आइसोलेनलाई थप प्रभावकारी बनाउन पनि आदेश जारी गरेको हो ।