बादलसँग कुनै प्रकारको सहमति नभएको माधव नेपालको स्पष्टीकरण

प्रकाशित मिति:

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार रामबहादुर थापा बादलसँग कुनै पनि सहमति नभएको प्रस्ट पारेका छन् । नेपालको सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।

आजको भेटमा गृहमन्त्री​ थापाले पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेको तर प्रधानमन्त्री नेपालले आफ्नै पहलमा अन्य दलसहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई बनाएकोले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेको नेपालको सचिवालयले जनाएको छ ।

त्यसपछि थापाले नै मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गर्ने प्रस्ताव गरेको नेपाल पक्षको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’

माधव नेपाल पक्ष​को​ मत निर्णायक​

जेठ ६ गतेको राष्ट्रिय सभा चुनावका लागि एमाले एकल बहुमतमा छ । प्रदेशसभामा ५७ र स्थानीय तहमा १३३ मतदातामध्ये संस्थापन पक्षमा प्रदेशसभाका ३५ र स्थानीय तहका ८७ सांसद छन् ।

माधव नेपाल पक्षमा प्रदेशसभाका २२ र स्थानीय तहका ३८ सांसद छन् । ८ स्थानीय तहका प्रमुख उपप्रमुख तटस्थ छन् । मतदातालाई विवेक प्रयोग गर्न दिने सहमतिसँगै उनीहरुको मत निर्णायक हुने देखिएको छ ।