कहिलेबाट आउँछ कमेडी च्याम्पियनको नयाँ श्रृंखला ?

प्रकाशित मिति:

काठमाडौं- टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन निषेधाज्ञाका कारण रोकिएको छ । निषेधाज्ञाका कारण छायांकन हुन नसक्दा शोले नयाँ श्रृंखला प्रशारण गर्न सकेको छैन ।

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि एक हप्ता प्रशारण नभएको शो पुनः सुरु भएको थियो । तर, निषेधाज्ञा लम्बिदै जाँदा शो रोकिएको छ ।“कोभिड–१९ का कारण सिर्जना भएको यो पस्थितिबीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन–२ का नयाँ श्रृंखला पस्किन असमर्थ छौं,” निर्देशक विशाल भण्डारी भन्छन्, “ अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ । तर, चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने छौं ।”

उनले निषेधाज्ञा जारी रहेसम्म छायांकन सम्भव नरहेको बताए । अहिले प्रतिस्पर्धीहरु काठमाडौंको एक होटलमा छन् ।