नवलपरासी बर्दघाटमा बस दुर्घटना ४ जना को मृत्यु

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेठ ५ गते

नवलपरासी ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको बर्दघाट बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लले जानकारी दिनुभएको छ ।
दुर्घटनामा परि घाईते भएकाहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्दार गरिरहेको छ । घटनास्थलबाट उद्दार गरिएका घाईतेलाई चिसापानी अस्पतालमा पठाईएको छ ।
काठमान्डौबाट रुकुमका लागि छुटेको ना ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट दुर्घटनामा परेको हो । घटनामा परेका लाई उद्दार कार्य जारी रहेको र घटनाको पुर्ण विवरण केही समयमा आउने वाग्लेले जानकारी दिनुभएको छ ।