लमजुङमा भुकम्प जांदा घर भत्किनुका साथै सर्वसाधारण घाइते

प्रकाशित मिति:

आज बिहान लमजुङमा गएको भूकम्पमा परि थुप्रै घर भत्किएका छन् भने केही सर्वसाधारण घाइते भएका छन्। आज बिहान ५ः४२ बजे लमजुङ केन्द्रविन्द भएर ५।८ रेक्टर स्केलको भूकम्प गएको थियो। लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रमा केन्द्रविन्द रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पले लमजुङका थुप्रै स्थानमा घर भत्किएका छन्। केही गाउँमा स्थानीय बासिन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किएको र घाइते भएको खबर आइरहेको प्रहरीले जनाएको छ।