लमजुङ केन्द्रविन्दु बनाएर फेरि ५.३ म्याग्निच्यूडको भुकम्प गयो

प्रकाशित मिति:

लमजुङ केन्द्रविन्द भएर फेरि अर्को भूकम्प गएको छ। आज बिहानै पनि ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ः२६ बजे दोस्रो भूकम्प गएको हो। यो ५.३ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ।

अमेरिकी भूकम्पसम्बन्धी सूचना केन्द्र यूएसजीएसले भने ४.८ म्याग्निच्यूडको भूकम्प मापन गरेको छ। नेपालसँगै भारत र चीन पनि यसको असर परेको यूएसजीएसले जनाएको छ। यसको धक्का काठमाडौं पनि महसुस भएको छ। योसँगै बाग्मती र लुम्बिनी प्रदेशमा पनि धक्का महसुस भएको जनाएको छ। यसअघि आज बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ। यसले लमजुङमा थुप्रै घर भत्किनुका साथै केही घाइते पनि भएका थिए।