पत्रकार भण्डारीमाथि सीडीओले गरेको व्यवहारप्रति युनियनको आपत्ति

प्रकाशित मिति:

कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी सीडीओ चक्रपाणि पाण्डेले गरेको दुव्र्यवहारप्रति युनियनले आपक्ति जनाएको छ । युनियनका जिल्ला सचिव मणिप्रसाद गैेह्रे एक प्रेस विज्ञप्ति जारी गर्दै भण्डारी माथिको दुव्र्यवहारले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको ठहर गरेको छ ।

कपिलवस्तुका नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने क्रममा समाचार संकलन गर्दा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकार भण्डारीलाई दुव्र्यवहार गरेका थिए । समाचार संकलन गर्न जाँदा फोटो खिच्न पाइँदैन, अनुमित छैन, किन कार्यालयमा आएको भनेर पाण्डेयले गाली गलौज गरेका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको युनियले जनाएको छ ।

घटनाले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रमा विश्वास राख्ने आम संचारकर्मीहरुलाई सशंकित गराएको विज्ञप्तिमा जनाइएको छ । आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चितको लागि स्थानीय प्रशासन र आम सरोकारवालासँग युनियनले माग गरेको छ । यसैबीच ज्ञापन पत्र बुझाउन प्रशासन कार्यालय पुगेका पत्रकार भण्डारीमाथि गरिएको ज्यादती गलत भएको र यसले प्रेस तथा आम नागरिकलाई सशंकित बनाएको अधिकारकर्मी रवि ठाकुरले बताएका छन् ।