सभापति देउवाद्वारा कांग्रेस नेता गजिन्द्र प्रकाश मल्लको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति:

काठमाडौं ­- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्र प्रकाश मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको यही जेठ ४ गते निधन भएको छ ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत् उनको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्व मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्व सदस्यसमेत थिए । मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन् । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत स्व मल्लको सक्रिय योगदान थियो । रासस