प्रधानमन्त्रीले नै गरे आचारसंहिता उल्लंघन, निर्वाचन आयोगद्धारा कारबाहीको चेतावनी

प्रकाशित मिति:

काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा उपनिर्वाचन लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै अपील र आफ्ना पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

बुधबार दिउँसो विज्ञप्ती जारी गर्दै आयोगले निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहितासमेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने उल्लेख गरेको छ ।