लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध विपक्षी ४ दल सर्वोच्च जाने

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा प्रदेश प्रमुखले गरेको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख धर्मराज यादवले गत वैशाख १९ गते पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।