रुपन्देहीमा संक्रमित घट्दै : पछिल्लो २४ घण्टामा ३०९ जनामा संक्रमण, ७०९ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १ हजार ९ जनाको कोरोना परीक्षण गर्दा ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा १०६ जना, तिलोत्तमा नगरपालिकामा ८३ जना, सिद्धार्थनगर नगरपालिकामा २७ जना, देवदह नगरपालिकामा २२ जना, सैनामैना नगरपालिकामा २५ जना, ओमसतिया गाउँपालिकामा १४ जना, शुद्धोधन गाउँपालिकामा ९ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ५/५ जना, कञ्चन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३/३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र कोटहीमाई गाउँपालिकामा १/१जना संक्रमित रहेका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार १७ पुगेको छ । हाल जिल्लामा ५ हजार ८८८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७ सय ९ जना संक्रमित निको भएका छन् । यो सँग निको हुनेको संख्या १७,७५२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।