बेपत्ता भनिएका कञ्चनका एक युवा कोठी खोला जंगलमा मृत अवसथामा

प्रकाशित मिति:

५ जेठ,कञ्चन- एक हप्ता अघि देखि बेपत्ता भएका भनिएका रुपन्देहीको कञ्चन गाउपालिकाका एक युवा कपिलबस्तुको कोठी खोला जंगल स्थित भोदरेमा मृत अवस्थामा फेला परेका छन । कञ्चन गाउपालिका वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीका अनुसार गत बैसाख २७ गते सांझ ७ बजेको समय देखि बेपत्ता भएका कञ्चन गाउपालिका वडा नं। ५ माथिल्लो भैसाई स्थित दुर्गा मन्दिर टोल बस्ने रञ्जित घर्ति मगरको मृत शरिर कोठी खोलाको जंगलमा अग्नी तथा चोरी तस्करी नियन्त्रणका लागि बनाइएको नालीमा घाप्ेटो पारी माटोले पुरेर छोडिएको अवस्थामा फेला पारिएको हो ।

जेठ ४ गते करिब १२ १ बजेको समयमा गाउका मान्छेहरु बाख्रा चराउन जानेक्रममा मृत घर्ति मगरले लगाउदै आएको चप्पल देखेपछि तिनै गोठलाहरुले निजको परिवारलाई रञ्जितको चप्पल भेटिएको जानकारी दिएका थिए । परिवारले सो जानकारी पाउना साथ अन्य छिमेकीहरु सहित खोज तलास गर्दा नालीमा माटोले पुरेको अवस्थामा देख्नासाथ प्रहरीलाई जानकारी गराए पछि रञ्जितलाई हत्या गरिएको हुन सक्ने परिवारले आशंका गरेका छन।जिल्ला प्रहरी कार्यलय,कपिलबस्तु, इलाका प्रहरी कार्यलय,सालझण्डी र इलाका प्रहरी कार्यलय,रुद्रपुरको संयुक्त अनुसन्धान टोली घटनास्थलमा पुगेर घटना स्थल तथा मृतको शव घटना प्रकति लगायतको प्रारम्भिक अनुसन्धान गरेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भएको छ। मृतकको शवको पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यलय,कपिलबस्तुले जानकारी दिएको छ । घटनावारे प्रारम्भिक अनुसन्धान भइरहेको र आवस्यक थप अनुसन्धान कार्यलाई अगाडी बढाइसकिएको जिल्ला प्रहरी कार्यलय,कपिलबस्तुले जानकारी दिएको छ।

गत जेठ ३ गते स्थानिय बिनोद दर्लामी मगरले आफ्नो फेसबुक मार्फत बेपत्ता भएका रञ्जित घर्ति मगरको फोटो सहित मानिस हराएको सुचना पोष्ट गरेर ूझन्डै एक हप्ता जति भयो परिवार लगायत साथीभाई आफन्ती सङ्ग सम्पर्क बिहिन रहेको र खोजी कार्य गर्दा पनि नभेटेपछि यस विषम परिस्थितिमा सम्पुर्ण जनसमुदायमा यसै सुचनालाई आधार मानी देख्नु तथा भेट्नु हुने महानुभाबहरुलाई साथ र सहयोगको लागि अपिल गर्दछौंू भन्दै खोजी कार्यको लागि आग्रह गरेका थिए ।मृतक घर्ति गत पुष महिनामा इराकबाट घर आएका र कोही कसैसंग कुनै झै झगडा नभएको तर के कति कारणले कसले दाईको हत्या गरे भन्ने कुरा आफुहरुलाई दुख लागेको मृतकका भाई सागर घर्तिले बताएका छन ।