प्रतिनिधी सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति शाहद्वारा १० थान अक्सिजन सिलिण्डर प्रदान

प्रकाशित मिति:

५ जेठ,कञ्चन- रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिध सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहद्वारा गैडहवा गाऊपालिकादरा संचालित कोभिड अस्थायी अस्पतालको लागि १० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन।

कोभिड १९ बाट संक्रमित भई होम आइसोलेसनमा रहेर संक्रमण मुक्त भए पछि आफ्नो सक्रियतालाई पुन निरन्तरता दिदै गैडहवामा गाउपालिकामा पुगेर गाउपालिकाका अध्यक्ष्य बच्चुलाल केवटलाई हस्तान्तरण हस्तान्तरण गरेका हुन। गाउपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै जनताको स्वास्थ्य सुरक्षा गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीहरुको मात्र नभई निर्वाचित जनप्रतिनिधी,राजनैतिक दलका नेता कार्यकर्ताहरुको पनि उत्तिकै महत्वपुर्ण भुमिका हुनपर्नेमा जोड दिनु भएको छ। यस्तै नेपाली कांग्रेसका नेता बिष्णु पाख्रेलले चुनावको समयमा मात्र जनताको घरदैलो नगरी बिषम परिस्थितिमा पनि जनताको समस्या समाधान र सहानुभुतिका लागि घर घरमा पुग्नु पर्ने आवस्यक रहेको बताएका छन।अक्सिजन सिलिण्डर ग्रहण गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट ग्रसित भइरहेको समयमा जनप्रतिनिधीको रुपमा प्रतिनिधी सभाका सभासद भरत कुमार शाहबाट भएको सहयोगले गैडहवावासीलाई कोभिड १९ मुक्त बनाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसगैडहवा गाऊ कार्य समितिका सभापति सत्य नारायण पथिक, गैडहवा गाउपालिका वडा नं. ९ का वडा अध्यक्ष टेकबहादुर बलाल, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका सचिव चित्र लाल तुलाचन बि पि बिचार राष्ट्रिय समाजका जिल्ला सदस्य शिब प्रसाद पोखरेल तरुणदल सैनामैनाका कोषाध्यक्ष खिम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।