पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकालाई सोही पालिका वासी एक युवाद्धारा २ ओटा निजि सवारीसाधन सहयोग

प्रकाशित मिति:

रामु भुसाल- नया भेरियनट सहितको कोरोना भाईरस संक्रमण महामारीका बेला संक्रमण भएका बिरामीहरुलाई ओसार पोसार गर्न एमबुलेन्स लगायत अन्य सवारी साधन अभाव भएको अवस्थामा कोही पनि बिरामी ले यातायत अभावको कारणले ज्यान गुमाउन नपरोस् भनी पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकालाई सोही पालिका वार्ड नंं ४ हरकपुरा बस्ने राकेश हरिजनले आफ्नो २ ओटा निजि सवारी साधन पालिकालाइ सहयोग गर्नु भएको छ।

ह्रिजनले आफुले प्रयोग गर्दै आएको स्कार्पियो र मारुती कार चालक सहित पालिकाको बिरामी ओसार पोसार गर्न र पालिकालाई आवश्यक परेको बखत सहयोग गर्ने प्रतिबद्धता सहित पालिकालाई सवारी साधन हस्तान्तरण गर्नु भएको प्रतापपुर गाउपालिका की कार्यवाहक अध्यक्ष अञ्जु कुमारी चौधरीले जानकारी दिनु भएको छ ।

साथै चौधरीले यस विपतको बेला सहयोग गर्नुहुने हरिजन लगायत सम्पुर्ण सहयोगी मनहरुलाई पालिका र व्यक्तिगत तर्फदेखी धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।