पाल्पामा स्थित सम्पूर्ण लायन्स क्लब एवम् ब्यक्तिगत स्वस्फूर्त पाल्पा अस्पताललाई २८७ अक्सिजन सिलिन्डर हस्तान्तरण

प्रकाशित मिति:

मधुसूदन नेपाल,पाल्पा-पछिल्लो समय नेपालमा कोरोना भाइरसको कारण मृत्यु र संक्रमित संख्या बढिरहेको र विभिन्न ठाउँहरुमा अक्सिजन सिलिन्डर नपाएको कारणले पनि ज्यान बचाउन धौधौ भएको छ । यसै करमा “हामी सेवा गर्छौ ” भन्ने मुलमन्त्र आत्मसात गर्दै पाल्पा जिल्लामा रहेका सम्पूर्ण लायन्स क्लब तथा व्यक्तिगत स्वस्फूर्त रूपमा पाल्पा अस्पताललाई २८७ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

कोरोनाको कारण हस्तान्तरण कार्यक्रम छोटो तरिकाले सम्म गरेको छ। उक्त कार्यक्रममा लायन्स क्लब अफ पाल्पाका वर्ष २१/२२ का अध्यक्ष श्री मोहन प्रसाद श्रेष्ठ को संचालन र लायन्स क्लब अफ श्रीनगर का २१/२२ अध्यक्ष यादवसिह कार्कीको धन्यवादमा सम्पन्न गरिएको छ ।