गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक सल्लाहकार हेरफेर गरेका छन् । बुधबार मन्त्रिपरिषद गठन भएलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मुख्यमन्त्री गुरुङको गृहजिल्ला लमजुङको सुन्दरबजार निवासी डा-भीष्म अधिकारीलाई मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।
अधिकारीको नियुक्ति सँगै यसअघिका सल्लाहकार नेकपा एमाले गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपाली पदमुक्त भएका छन् । नवनियुक्त सल्लाहकार अधिकारी संविधानसभा सदस्य हुन् भने नेपाली नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव छन् ।त्यसैगरी बैठकले मन्त्री नियुक्त भएका रामशरण बस्नेतलाई सरकारको प्रवक्ता तोकेको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रहेका बस्नेतलाई मन्त्रालय नतोकिए पनि सरकारको प्रवक्ता तोकिएको हो । उनी पहिलो कार्यकालमा पनि प्रदेश सरकारको प्रवक्ता थिए ।
त्यस्तै बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा।गिरिधारी शर्मा र सदस्यमा विष्णु बराललाई निरन्तरता दिएको छ । उनीहरु दुबै अघिल्लो कार्यक्रममा योजना आयोगमै नियुक्त भएका थिए ।