बुटवलमा दुई जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । बुधबार अस्पतालमा भर्ना भएका दुवैजनामध्ये नवलपरासीको वर्दघाट १६ की ३८ वर्षीया महिला र रुपन्देहीको बुटवल १७, मोतिपुरका ५५ वर्षीय पुरुषको बुधवार दिउंसो ४ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।