मतदाताको मन सजिलै जित्छन् बाला घिमिरे, जो एनआरएनएको बोर्ड अफ डाइरेक्टरको उम्मेदवार छन्

प्रकाशित मिति:

मुकुन्द सुवेदी , पेन्सलभेनिया अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको निर्वाचन आउनै लागेको छ । निर्वाचन मुखैमा आइपुग्दा उम्मेदवारहरुलाई मतदाताको घरसम्म पुग्नै हम्मेहम्मे पर्न थालेको छ । एनआरएनएको आसन्न निर्वाचनमा गैरआवासीय नेपाली मतदातालाई रिझाउन आफ्ना मतदातालाई रिझाउन कोही निक्कै तडकभडक गरिरहेका छन् भने कोही सुटुक्क आफ्ना योजना बोकेर हिडिरहेका छन् । २०२१–२०२३ कार्यकालको निम्ति सुटुक्क आफ्ना मतदातासम्म पुग्नेमा पर्छन् बाला घिमिरे । उनले एनआरएनए अमेरिकामार्फत अमेरिकामा रहेका नेपालीहरुको सेवाका लागि बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेदवारी दिएका छन् ।

उनका त्यति धेरै महत्वकांक्षी योजनाहरु छैनन्, जसलाई पूरा गर्न समस्या होस् । उनले त आफुले विगतदेखि नै अमेरिकाका विभिन्न संघ संस्थाहरुमा बसेर काम गरेका अनुभवलाई व्यवहारमा ढाल्ने योजना अघि सारेका छन् । उनलाई एनआरएन आईसिसिको विभिन्न टास्क फोर्सहरुमा समेत रहेर काम गरिसकेकाले उनी आफुलाई सक्षम उम्मेदवारको रुपमा लिन्छन् ।कतिपयले एनआरएनलाई कमाइखाने भाडो बनाएका छन्, उनले त्यो कुराको पहिलेदेखि नै विरोध जनाउँदै आएका छन् । ‘यो त सबै नेपालीको साझा संस्था हो, सबै नेपालीले आफ्नो भन्न सक्ने बनाउनुपर्छ’ उनले भने, ‘सबैको साँझा हो भने यसलाई सबैको बनाउन पनि सक्नुपर्छ ।’आगामी नयाँ कार्यकालमा ‘नेपालीका लागि नेपाली’ भन्ने नारालाई सार्थक तुल्याउन र दोहोरो नेपाली नागरिकताको निरन्तरताका लागि आफुले लामो समयदेखि आवाज उठाउँदै आएको उनको दावी छ । हुन पनि एनआरएनएको लागि साझा नारा पनि यही हो । यसलाई सार्थक बनाउन आफुले उम्मेदवारी दिएको उनी बताउँछन् ।

उनलाई अमेरिकाको सिकागोमा सफल व्यवसायीको रुपमा पनि चिनिन्छ । त्यही भएर पनि उनलाई अमेरिकामा रहेका गैर आवासीय नेपालीलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजना छ । ‘आफ्नो योजनालाई साकार पार्न पनि मैले उम्मेदवारी दिएको हुँ’ घिमिरे भन्छन्, ‘व्यवसायीक जीवन जिउनका लागि मैल जुन योजना बनाएको छु, त्यसलाई पूरा गर्न म सक्षम छु ।’उनले अमेरिकामा बसे पनि नेपालमा विभिन्न समयमा अनेकौं सहयोग गरेका छन् । २०७२ सालमा गएको विनासकारी महाभुकम्पका बेला निक्कै सहयोग गरे । त्यति मात्रै होइन, गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको त्रासबाट मुक्त बनाउन मनोवैज्ञानिक सहयोग मात्रै गरेनन्, भौतिक सहयोग पनि उत्तिकै गरे । जसले गर्दा पनि उनी सबै नेपालीको मनमा बसेका छन् ।उनी नेपालीहरुका प्रिय व्यक्ति पनि हुन् । उनले अमेरिकाका लागि नेपाली दूतावाससँग पनि उत्ति उत्तिकै राम्रो सम्बन्ध बनाएका छन् । उनलाई एनआरएनएको निर्वाचनमा सबै विचारमा आस्था राख्नेहरुले समर्थन गरेका छन् ।साथै उनले अमेरिकाको मुल राजनीतिमा नेपालीलाई समावेश गराउन लामो समयदेखि कोसिस गरिरहेका छन । उनले आफु विजयी भएपछि जसरी पनि अमेरिकाको मुल राजनीतिमा नेपालीलाई समाहित गराउने योजना बनाएका छन् ।

घिमिरेले यो क्षेत्रका बिभिन्न सामाजिक संस्थाहरु नासा र आन्मा अनि एएनएका संस्थाका बिभिन्न पदमा बसेर सफलतापुर्वक नेतृत्व गरिसकेका छन् । व्यवसायिक सफलता र नेपालको पर्यटन प्रवर्धनमा गरेको योगदानको कदर गर्दै सबैसँग मिल्न सक्ने क्षमता भएका कारण पनि उनी यो पटकको निर्वाचनमा जित हासिल गर्ने उम्मेदवारको सुचीमा पर्छन् ।