राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन्  ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको हो ।

पुनः नियुक्ति पश्चात आज विहिबार उनले सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका छन् ।