कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

प्रकाशित मिति:

बुटवल । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का नेतामाथि गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा जिल्ला नेता दीपक पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

पाण्डेयसहित एक भारतीय नागरिक ईयाज अख्तर पनि घाइते भएका छन् । राती मोटरसाइकलमा जगदीशपुरतर्फबाट घर जाँदै गरेका उनीहरूमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

हाल उनीहरुको निभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।