बैंक तथा वित्तीय संस्थाहरुको शेयरमूल्यमा उछाल

प्रकाशित मिति:

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन बैंक तथा वित्तीय संस्थाहरुको शेयरमूल्य बढेसँगै नेप्से सामान्य अंक बढेको हो। यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत बढेको छ भने विकास बैंकको ३.७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ। अन्य दुई उपसमूह (अन्य तथा म्युचुअल फण्ड) को परिसूचक यस दिन सामान्य बढेको छ।यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५ प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३४ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, बैंक अफ काठमाण्डूको यस दिन ३४ करोड १ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। बिहीबार ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, समता घरेलु माइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, युनाइटेड इदि मार्दी र जानकी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता पाँचथर पावर कम्पनीको शेयरमूल्य यस दिन साढे ६ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूचक ६.३७ अंक बढेर २७८७.१८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेर ४९८.९७ विन्दुमा पुगेको छ। यस दिन २१४ कम्पनीको १ लाख ६ हजार ३९९ पटकको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।