अमेरिकामा गजमेरको ‘मेरो प्राणनाथ –२’ सार्वजनिक [भिडियोसहित]

प्रकाशित मिति:

मंसिर ११, २०७५ काठमाडौं–लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार यदिन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ –२’ सार्वजनिक गरिएको छ ।

गजमेरले आफ्नो एकल रचनामा यसअघि ‘मेरो प्राणनाथ भाग –१’ ल्याएका थिए, उक्त एल्बमले राम्रो चर्चा कमाएको थियो ।

प्रख्यात धर्म गुरुहरु तथा आफ्ना मातापिताको उपस्थितमा अमेरिकामा उक्त एल्बम सार्वजनिक गरिएको हो । भाग २ एल्बमका गीतमा मर्मस्पर्शी शब्द तथा रचना समावेश गरिएको छ ।

‘मेरो प्राणनाथ भाग २’ मा ७ वटा गीत समाविष्ट छन् । सबै गीतमा संगीत यदिन गजमेरकै छ । उक्त एल्बममा समावेश भएका गीतहरूमा स्वर भने शिब परियार, स्वरुपराज आचार्य, अनुप रेग्मी, विश्व नेपाली, नरेन्द्र प्यासी, बानीका प्रधान, प्रविशा अधिकारीको छ । यदिन गजमेर भजन मात्र नभै नेपाली आधुनिक गीतहरूलाई पनि संगीत गर्दै आइरहेका छन् । यसअघि उनले थुप्रै गीतमा संगीत दिइसकेका छन् ।