फ्लोरिडामा बिधालयको गाडी पर्खि रहेकी ११ बर्षिय बालिका अपहरणबाट बालबाल बच्न सफल ,अपहरणकारी पक्राउ

प्रकाशित मिति:

फ्लोरिडामा बिधालयको गाडी पर्खि रहेकी ११ बर्षिय बालिका अपहरणबाट बालबाल बचेकी छिन । अपहरणकारीको जबर्जस्तीबाट फुत्कन सफल भएकी छिन् । उक्त घटना फ्लोरिडा राज्यको एसकाम्बिया काउन्टीमा भएको हो । उक्त काउन्टी फ्लोरिडा कै सबैभन्दा पुरानो काउन्टी हो । सडकमा राखिएका चित्रग्राहिणी (क्यामरा)ले उनले गरेको अपहरणको प्रयास कैद गरेको समेत सार्वजनिक गरिएको छ ।

प्रहरीका अनुसार उक्त बालिका/बिधार्थी बिद्यालयको गाडी पर्खि रहेको समयमा उक्त घटना भएको जनाएका छन् । यसै सिलसिलामा ३० बर्षिय शंकास्पद अपहरणकारी जरेड स्टाङ्गालाई पक्राउ गरिएको छ । उनले गत मंगलबार उक्त बिद्यार्थीलाई तानी रहेको श्रब्य दृश्य(भिडियो)मा देख्न सकिन्छ । उनले अपहरणको प्रयास बिहान ७ बजे गरेका थिए । उनि घासे मैदानमा बसी रहेको अवस्थामा हतियार सहित आएका स्टाङ्गाले अपहरण गर्ने प्रयास गरेको प्रहरीले बताएका छन ।

उक्त व्यक्तिले बालिकालाई समात्यो र उठायो र आफ्नो माल ओसार पसार गर्ने गाडीमा हाल्ने प्रयास गर्दा बालिकाले लगातार लडाई गरेकी थिइन् । लगातार उनले लडाई गरि रहदा उनि उम्कन सफल भएकी थिइन । उक्त खबर पाउने बित्तिकै प्रहरीहरुले उक्त व्यक्तिको खोजी गरेका थिए । प्रहरीले उनको सवारी साधन भएको स्थान फेला पारेका थिए । उक्त बालिका आफ्नै सुरमा खेली रहेको समयमा अपहरण गर्ने प्रयास गरेको समाचार एनबिसी-२ डटकमले लेखेको छ ।